प्रधानमन्त्री शाहले विभिन्न देशका राजदूतसँग सामूहिक छलफल गर्दै
चैत्र २५, २०८२ | काठमाडौं
प्रधानमन्त्री बालेन्द्र साहले आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै हुनुहुन्छ । सरकार गठन भएपछि प्रधानमन्त्री शाहले आज पहिलो पटक विभिन्न देशका राजदूतहरुसँग सामूहिक छलफल गर्न लाग्नु भएको हो ।
राजदूतहरुसँगको छलफल प्रधानमन्त्री कार्यालय सिंहदरवारमा दिउँसो हुने बताइएको छ । राजदूतसँगको छलफलमा परराष्ट्रमन्त्री शिशिर खनालपनि सहभागी हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राजदूतसँगको सामूहिक संवादले नेपालको कुटनीतिक अभ्यासमा नयाँ अभ्यास सुरु भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार असिम शाहको भनाइ छ ।











