हिन्द महासागरसँगको सम्बन्ध भौगोलिक सीमाभन्दा पुरानो हो : परराष्ट्रमन्त्री खनाल

रेडियो कान्तिपुर संवाददाता

चैत्र २८, २०८२ | काठमाडौं

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल भूपरिवेष्टि मुलुक भएपनि हिन्द महासागरसँगको सम्बन्ध भौगोलिक सीमाभन्दा पुरानो भएको बताउनुभएको छ । मरिसस पोर्ट लुइसमा सम्पन्न ९ औं हिन्द महासागर सम्मेलनमा सम्बोधन गर्दै मन्त्री खनालले हिन्दमहासागरसँगको सम्बन्ध एक सभ्यता, प्रकृति र साझा नियति भएको उल्लेख गर्नुभयो ।

 समुद्रको गहिराइदेखि हिमालयका शिखरसम्म एकअर्कामा गाँसिएको उहाँको भनाइ थियो । त्यस्तै, मन्त्री खनालले मध्यपूर्वमा कार्यरत लाखौँ नेपालीको सुरक्षालाई पहिलो प्राथमिकता दिएको बताउनुभयो । 

उहाँले इन्धन मूल्य र आपूर्तिमा भएको समस्याले देशभित्रको जीविकोपार्जनमा समेत असर पारिरहेको बताउनुभयो । मन्त्री खनालले जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने गति बढ्दै गएको र हिमताल फुट्ने जोखिम बढेको उल्लेख गर्नुभयो । महासागरको तापक्रम वृद्धि र समुद्री सतह बढ्दा टापु राष्ट्रहरू जोखिममा परेको उहाँको भनाइ थियो ।


प्रतिक्रिया