आफूहरुलाई रास्वपाले धोका दिएको राप्रपाको आरोप
चैत्र २७, २०८२ | काठमाडौं
राप्रपाकी सांसद सरस्वती लामालाई उपसभामुखका लागि गरिएको प्रस्ताव अस्वीकृत भएको छ । यस्तै, राप्रपाले उपसभामुख निर्वाचनमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले धोका दिएको आरोप लगाएको छ ।
रास्वपाको नेतृत्वसँगको सहमतिमा उम्मेदवारी दिएपनि अन्तिम समयमा अर्को उम्मेदवारलाई समर्थन गरिएको भन्दै राप्रपाका सांसदहरुले असन्तुष्टी जनाएका हुन् । प्रतिनिधिसभामा उपसभामुख निर्वाचनको प्रक्रियाका क्रममा बोल्दै रास्वपाकी सांसद खुश्वु ओलीले राजनीतिक विश्वसनियतामा रास्वपा असफल भएको टिप्पणी गर्नुभयो ।
राप्रपाका संसदीय दलका नेता ज्ञानवहादुर शाहीले उपसभामुखका लागि रास्वपाका सभापति रवि लामिछानेसँग सहमति भएपनि आफूहरुलाई धोका भएको बताउनुभयो ।
रास्वपा स्रोतका अनुसार सो पार्टीका सभापति लामिछाने राप्रपालाई उपसभामुख दिन तयार भएपनि प्रधानमन्त्री एवम् वरिष्ठ नेता बालेन्द्र शाहले श्रम संस्कृति पार्टीलाई उपसभामुख दिने सहमति गर्नुभएको हो ।








