नागरिक केन्द्रित र कल्याणकारी कानून निर्माण गर्न राष्ट्रपति पौडलको आग्रह

रेडियो कान्तिपुर संवाददाता

चैत्र २७, २०८२ | काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहना पुरा गर्नका लागि नागरिक केन्द्रित र कल्याणकारी कानून निर्माण गर्न संसदलाई आग्रह गर्नुभएको छ । संघीय संसदका दुवै सदनको बैठकमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएपनि अझै धेरै काम गर्न बाँकी भएको बताउनुभयो । 

यसैबीच, संघीय संसदको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज रातिबाट लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको छ । फागुन २१ बाट निर्वाचित प्रतिनिधिसभाको यही चैत १९ बाट अधिवेशन सुरू भएको थियो । चालु अधिवेशन सकिएसँगै अब सरकार बजेट अधिवेशनको तयारीमा जुट्ने छ ।


प्रतिक्रिया