संघीय संसदको दुवै सदनको अधिवेशन भोलिबाट सकिने

रेडियो कान्तिपुर संवाददाता

चैत्र २६, २०८२ | काठमाडौं

संघीय संसदको दुवै सदनको अधिवेशन भोलिबाट सकिने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन भोलि रातिबाट अन्त्य गर्नुभएको छ । सभामुखको निर्वाचन भइसकेको अवस्थामा भोलि उपसभामुखको चयन गरी अधिवेशन अन्त्य गर्न लागिएको हो । 

भोलि एकै दिन राष्ट्रपति पौडेलको सम्वोधन र उपसभामुखको निर्वाचनपछि अधिवेशन अन्त्य हुनेछ । राष्ट्रपति पौडेलले भोलि संघीय संसदको दुवै सदनको बैठकलाई सम्बोधन गर्ने तय भएको छ । राष्ट्रपतिको सम्वोधनपछि उपसभामुख चयन गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ । संसद अधिवेशन यही चैत १९ गते शुरु भएको थियो । 


प्रतिक्रिया