थापाथली र गैरीगाँउका सुकुम्वासी वस्ती शान्तिपूर्ण खाली गराइयो
वैशाख १२, २०८३
सरकारले आज काठमाडौं महानगरपालिका भित्रका थापाथली,शान्तिनगर,गोठाटार, गैरीगाउँ र मनोहराका सुकुम्वासी बस्ती खाली गराएको छ । सो क्षेत्र सरकारले शान्तिपूर्वक खाली गराएको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्क अनुसार शान्तिनगरमा ४ सय ७६, गैरीगाउँमा १ सय ६२, थापाथलीमा १ सय ४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८ सय ७१ अनधिकृत घरधुरी रहेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमणकारी र वास्तविक सुकुम्वासी पहिचान गरी वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रतिवद्वता जनाउनुभएको छ ।








