नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ सम्म काठमाडौंमा हुने

रेडियो कान्तिपुर संवाददाता

वैशाख १४, २०८३ | काठमाडौं

नेपाली कम्युनिस्ट पार्टीले मंसिरमा महाधिवेशन गर्ने घोषणा गरेको छ । केन्द्रीय सयोजन समितिको बैठकले मंसिर ११ देखि १५ सम्म काठमाडौंमा महाधविेशन गर्ने निर्णय गरेको हो । 

केन्द्रीय महाधिवेशनअघि जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका वडा र जनवर्गीय संगठनहरूको समायोजन गर्ने, असार र साउनमा श्रम शिविर र सदस्यता नवीकरण गर्ने, भदौ १५ सम्म वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला, कात्तिक १५ प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ ।

 त्यसपछि मंसिर ११–१५ मा राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।


प्रतिक्रिया