सम्भावित झडपको त्रासले दैलेखको नारायण नगरपालिकामा निषेधाज्ञा जारी

जेष्ठ २, २०७४ | दैलेख

 

स्थानीय प्रशासन दैलेखले सम्भावित झडपको त्रासले आज बेलुकी ७ देखि भोलि बिहान ५ बजेसम्मका लागि नारायण नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।

हिजो साँझ कांग्रेस, एमाले कार्यकर्ताबीच झडप भएपछि नगरपालिका अशान्त बनेको थियो । वडा नम्बर १ का कांग्रेस उम्मेदवार बलराम श्रेष्ठको घरमा एमाले उम्मेदवारले ढुंगामुढा गरेपछि प्रशासनले शान्ती सुरक्षा कायम गर्न नसघाएको आरोप कांग्रेसको छ ।

कांग्रेस र एमालेबीचको विवाद बढ्दै जाँदा सम्भावित झडप रोक्न जिल्ला प्रशासनको निषेधाज्ञा जारी गरेको जनाएको छ । 


प्रतिक्रिया