युक्रेनसँग वार्ताका लागि रुस तयार, राष्ट्रपति जेलेन्स्कीको हैसियतमा प्रश्न

भाद्र ५, २०८२ | काठमाडौं

युक्रेनसँगको युद्ध जारी रहँदा रुसले वार्ताका लागि तयार भएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेको केहि समयपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग वार्ता गर्न सकारात्मक हुनुभएको हो ।

 राष्ट्रपति पुटिन युक्रेनी समकक्षी जेलेन्स्कीसँग वार्ताका लागि तयार भएपनि सम्झौताका क्रममा हुने जेलेन्स्कीको कानूनी हैसियतस्पष्ट हुनुपर्ने आफूहरुको माग रहेको रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभको भनाइलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

यद्यपि वार्ता हुने मितिबारे सार्वजनिक भएको छैन । युद्धका कारण समयमै निर्वाचन हुन नसकेको भन्दै रुसले जेलेन्स्कीको हैसियतमाथि प्रश्न उठाएको हो । 

युक्रेनले भने जेलेन्स्की राष्ट्रपतिको रुपमा रहेको बताउँदै आएको छ । गत शुक्रवार रुसका राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अलास्कामा युद्ध अन्त्य गर्नेबारे छलफल भएपनि ठोस सहमति भने हुन सकेको थिएन । त्यस लगत्तै ट्रम्प र जेलेन्स्कीबीच वार्ता भएको थियो । 


प्रतिक्रिया