राउटे समुदायका ज्येष्ठ सदस्य शाहीको निधन

भाद्र ५, २०८२ | सुर्खेत

 राउटे समुदायका ज्येष्ठ सदस्य ७५ वर्षीय नन्दाराम शाहीको हृदयघातका कारण निधन भएको छ ।

 केही समयअघि सुर्खेतको वीरेन्द्रनगर–११ चन्दनपुरबाट बसाइँ सरेर लेकबेंसी नगरपालिका–१० झुप्राखोला बसोबास गरिरहेका शाहीको आज बिहान निधन भएको राउटे समुदायमा कार्यरत लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

 शाहीको निधनपछि राउटे समुदायको संख्या १ सय ३५ रहेको छ ।


प्रतिक्रिया