तातोपानी गाउँपालिकमा माओवादीका नवराज न्यौपाने विजयी

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३, २०७४ | जुम्ला

तातोपानी गाउँपालिकामा माओवादी केन्द्रका नवराज न्यौपोन (विमुख) विजयी भएका छन् । उनले २ हजार ३ सय ९१  मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सुरतबहादुर शाही रहेका थिए । उलने २ हजार ७० मत प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

यस्तै, उप प्रमुखमा पनि माओवादी केन्द्रकै जित भएको छ । उपाध्यक्षमा गंगादेवी उपाध्याय निर्वाचित भएकी हुन् । उनले एक हजार ९ सय ६२ मत प्राप्त गरेकि छन् । भने उनको प्रतिद्धन्दी नारायणी चौलागाईले एक हजार ९ सय ६ मत ल्याएकी थिइन् ।

जुम्लाका सात वटै गाउंपालिकाको नजिता सार्वजनिक भैसकेकोछ । तिन तिन गाउंपालिकामा माओवादी र काग्रेस विजयी भएका छन् भने एउटा गाउंपालिकामा एमाले विजयी भएको छ ।

गुठिचौर, हिमा र तातोपानी गाउंपालिकामा माओवादीले जितेको छ भने पातारासी, कनकासुन्दरी र सिंजामा काग्रेसले जितेको छ र तिला गाउंपालिकामा एमालेले तिजेको छ ।

चन्दननाथ नगरपालिमाका अझै कांग्रेस अगाडि

जुम्लाको एक मात्र नगरपालिका चन्दननाथको प्रमुखमा अझै काग्रेसकै अग्रता कायमै छ । प्रमुखमा काग्रेसले एक हजार ९ सय ४१ मतले लिड गरिरहेको छ । भने माओवादी केन्द्रले एक हजार २ सय ३ मतले पछ्याइरहेको छ ।

नेकपा एमाले अझ तेस्रो स्थानमा छ । एक हजार एक सय ४३ मतले माओवादीलाई पछ्याइरहेको छ । भने उप प्रमुखमा माओवादीले लिड गरिरहेको छ । एक हजार एक सय १४ मतले माओवादी अगाडि छ भने नेपाली काग्रेसले माओवादीलाई एक हजार एक सय १३ मतले पछ्याइ रहेकोछ । एमाले ९ सय ३२ मतले काग्रेसलाई पछ्याइरहेकोछ ।

 


प्रतिक्रिया