कर्णाली नदीमा बस खस्दा ११ को मृत्यु, २१ घाईते

जेष्ठ ३१, २०७४ | दैलेख
कर्णाली राजमार्ग अन्तरगत दैलेखको आठबिस नगरपालिका ४ अन्तर्गत नैनाल खण्डबाट यात्रुबस कर्णाली नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ । २१ यात्रु घाइते भएका छन् ।
दुर्घटनामा ८ पुरुष, २ महिला र १ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुने अधिकांश कालिकोटका छन् ।
दुर्घटनामा कालिकोट रासकोट ५ का युवराज शाही, धर्मराज शाही, प्रकाश शाही र कबिता शाही तथा शान्नि त्रिवेणीका सुनिल शाहीको मृत्यु भएको हो । यस्तै अछामका सिंहा नेपाली, रुपा नेपाली र धिरेन्द्र विसीको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको भने सनाखत हुन सकेको छैन ।
घाईते मध्ये ६ जनाको अवस्था गम्भीर रहेपनि दुई जनालाई मात्र हेलिकप्टरबाट नेपालगञ्ज लगिएको भन्दै अन्य घाईतेका आफन्त आक्रोसित बनेका छन् । कालिकोटबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख २९९८ नम्बरको बस अपरान्ह सवा ३ बजेतिर कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक एकेन्द्र खड्काले जानकारी दिनुभयो ।
दुर्घटनास्थल कालिकोट र दैलेखको सिमाना नजिक पर्छ ।