घर भत्किँदा एकको मृत्यु, दुई घाइते

भाद्र ९, २०७४ | दैलेख

 

अविरल वर्षाका कारण दैलेखमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् । नारायण नगरपालिका १ नयाँबजारका रेशम थापाको घर भत्किँदा ४५ वर्षीया दिपा चन्दको मृत्यु भएको हो । उनी तीज मनाउन बहिनीको घर आएकी थिईन् । घर भत्किँदा सोही स्थानकै ३५ वर्षीया विन्दु शाही र उनकी १२ वर्षीया छोरी मुना शाही घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवैको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचार भइरहेको छ । 

नयाँ बजार आसपासमा रहेका ६ वटा कच्ची घर समेत भत्किएका छन् । रातको समयमा लगातार वर्षा भएका कारण सामान सार्न नपाउँदा धेरै क्षति हुन पुगेको स्थानीयले बताएका छन् । वर्षाका कारण जिल्लामा धेरै क्षति हुने सम्भावना रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप ढकालले बताउनुभयो । 

 


प्रतिक्रिया