धनुषामा राजपाले खाता खोल्यो / हंसपुर नगरपालिकामा मण्डल विजयी
आश्विन ४, २०७४ | धनुषा
स्थानिय तह तेस्रो चरणको निर्वाचनमा अन्तर्गत राष्ट्रिय जनता पार्टी नेपालले धनुषाको खाता खोलेको छ । जिल्लाको हंसपुर नगरपालिकामा राजपाको तर्फबाट प्रमुखमा रामज्ञान मण्डल र उपप्रमुखमा रेणु झा विजयी हुनुभएको छ । मण्डलले ३ हजार ३ सय २० मत प्राप्त गर्नुभयो । निकटतम प्रतिद्धन्दी कांग्रेसका प्रदिपकुमार यादवले ३ हजार २ सय २० मत प्राप्त गर्नुभयो ।