प्रदेश राजधानीको माग गर्दै डोटी ठप्प

पुस २३, २०७४ | डोटी

 -  प्रदेश राजधानीको माग गर्दै आज पनि डोटी ठप्प पारिएको छ । बन्दले प्रदेश नंम्बर ७ का ७ पहाडी जिल्लाको आवतजावत अवरुद्ध छ । १३ दिनदेखि आन्दोलनरत डोटीबासीले यस अघि दिपायलमा मात्र सडक तथा ब्यापार ठप्प पारी बाजुरा र अछाममा मात्र असर पुर्‍याएकोमा दुई दिन देखि ७ पहाडी जिल्लाको मुख्य नाका बुडरमा बन्द गरेका छन् ।

आन्दोलनलाई झनै कडा पार्दै लगिएको छ । राजधानी नतोकिंदा सम्म आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ ।  


प्रतिक्रिया