काठमाण्डौंको वायु विश्वकै अस्वथकरको सूचीमा रहेको भन्दै सतर्कता अपनाउन आग्रह

वैशाख १६, २०८१

वर्षेनी हुने मृत्युहरुमा बढी जसो पाँच वर्ष मुनीका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्धवृद्धाहरुमा जोखिम उच्च रहेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौंको वायु विश्वकै अस्वथकरको सूचीका अग्रस्थानमा रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । वायु प्रदुषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पु¥याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि हुने गरेको मन्त्रालयले जनाएको छ । 

वायु प्रदुषणका कारण कम तौल भएको बच्चा जन्मने, अवधी नपुग्दै बच्चा जन्मने जोखिम समेत हुने गरेको मन्त्रालयले जनाएको छ । यस्तै वायु प्रदुषणले नेपालीको औषत आयु ४ दशमलव १ वर्षले घटाएको तथ्यांकले देखाएको मन्त्रालयले उल्लेख गरेको छ । नेपालमा मृत्युको मुख्य कारणमा वायु प्रदुषण रहेको विभिन्न अनुसन्धानले देखाएको छ । वायु प्रदुषणबाट जोगिन बाहिर यात्रा गर्दा अनिवार्य मास्क लगाउने, आवश्यक बाहेक घरबाट बाहिर ननिस्कने, यात्रा नगर्ने, अत्यधिक प्रदुशित क्षेत्रहरुबाट टाढा रहन मन्त्रालयले आग्रह समेत गरेको छ ।

यस्तै गर्मी बढेसंगै अस्पतालहरुमा बिरामीको चाप बढेकाले झोलिलो पदार्थ पर्याप्त मात्रामा सेवन गर्न मन्त्रालयले आग्रह गरेको छ । 


प्रतिक्रिया