राजधानी माग्दै डोटीमा धर्ना

माघ ८, २०७४ | डोटी

 -  प्रदेश राजधानीको माग गर्दै डोटीमा जारी आन्दोलनको स्वरुप फेरिएको छ । प्रदेश राजधानीको माग राख्दै विरोधमा उत्रिएका स्थानीयले सोमबारबाट क्षेत्रीय प्रशासन कार्यालय राजपुरमा धर्ना शुरु गरेको छ । पाँच दिनदेखि डोटीमा जारी आमहड्ताल स्थगित गरी दुई घण्टा धर्ना तथा दुई घण्टा बजार बन्द गर्ने निर्णय भएको संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले बताउनुभयो ।

डोटीमा हुन थालेको प्रदेश नम्बर ७ को राष्ट्रिय सभा निर्वाचनलाई सम्पन्न गराउन आम हड्ताल फिर्ता लिइएको संघर्ष समितिले जनाएको छ । आन्दोलनको स्वरुप फेरिएपछि आइतबार बेलुकी ५ बजेबाट अवरुद्ध सडक तथा बजार सञ्चालन भएका छन् । यस अघि पनि १३ दिनसम्म जिल्ला ठप्प पारी आन्दोलनको स्वरुप बदल्दै २२ दिनसम्म धर्ना र अनसन गरेर राजधानीको माग गरिएको थियो ।  


प्रतिक्रिया