२५ हजार घुस सहित मालपोत प्रमुख पक्राउ

श्रावण १८, २०७५ | तेह्रथुम

– तेह्रथुमको आठराईमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख नायव सुब्बा शंकर प्रसाद दाहाललाई २५ हजार रुपैयाँ घुस सहित अख्तियारको टोलीले आज पक्राउ गरेको छ । सेवाग्राहीसंग घुस लिदै गरेका कार्यालय प्रमुख दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीबाट खटिएको प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डे नेतृत्वको टोलीले घुस रकम सहित नियन्त्रणमा लिएको निमित्त प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताउनु भयो । 

कार्यालय प्रमुख दाहाल अख्तियारकै टोलीको नियन्त्रणमा रहेको निमित्त प्रजिअ घिमिरेले बताउनु भयो । 

 


प्रतिक्रिया