पार्किङ गरेको ट्रकमा ठोक्किदा विराटनगरमा दुईको मृत्यु

आश्विन १४, २०७५ | विराटनगर

विराटनगर महानगरपालिका ४ स्थित एयरपोर्ट लाइनमा रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

ना ५ ख ५८८६ नम्बरको लोड सहितको ट्रकमा राती सवा १० बजे को ८ प ७२१५ नम्बरको मोटरसाईकल ठोक्किदा मोरङ पथरीका २४ वर्षिय रोशन शेर्पाको घटनास्थलमा र बिराटनागर महानगर ४ का २० वर्षिय अनिस राजबंशीको उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी निरिक्षक शिव पोखरेलले वताउनुभयो । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

 


प्रतिक्रिया