जबरजस्ती करणी आरोपमा तेह्थुमबाट एक पक्राउ

मंसिर २, २०७५ | तेह्रथुम

बालिकालाई जबरजस्ती करणी आरोपमा तेह्थुमबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जबरजस्ती करणी आरोपमा आठराई गाउँपालिका ३ ह्वाकुका स्थानीय राजेन्द्र कुमार डाँगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४७ वर्षीय डाँगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरक्षक नारायण गौतमले जानकारी दिनुभयो ।

डाँगीले बालिकाको घरमा कोही नभएको अवसरमा बलात्कार प्रयास गरेको भन्दै पीडितले प्रहरी समक्ष उजुरी दिएका थिए ।

पक्राउ परेका डाँगीलाई जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउन अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया