मेन्छ्यायेम गाउँपालिकाद्वारा माघे सक्रान्तिमा सार्वजनीक विदा

पुस ३०, २०७५ | तेह्रथुम

माघे सक्रान्ति पर्वको अवसरमा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले सार्वजनीक बिदा दिएको छ । गाउँपालिकाले माघे सक्रान्ति पर्व माघ १ गतेलाई सार्वजनीक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाका विभिन्न स्थानमा माघेनी मेला लाग्ने भएकाले एक दिनका लागि सार्वजनीक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष गीतादेवी तिम्सीनाले बताउनुभयो । 

गाउँपालिकाको मोराहाङ र पौठाकको सीमास्थित खोरुङ्गा खोला किनारमा रहेको गौखुरी धाममा माघे सक्रान्तिका दिन विशेष पुजा पाठ गरी मेला लाग्ने गरेको छ । माघे सक्रान्तिमा खोरुंगा खोलामा मकर नुहाएर गोउखुरी धाममा गौमाता र भकारी थानको दर्शन, ऐतिहासिक बोक्सीमारा ढुंगा र इत्रुङ झरनाको अवलोकन गरीने कार्यक्रम भव्य रुपमा बर्षेनी हुने गरेको गाउँपालिकाका प्रवक्ता प्रदीप बुढाथोकीेले बताउनुभयो ।

 


प्रतिक्रिया