चरन अभाव र चिसोका कारण मौरी मर्न थाले

फाल्गुन ११, २०७५ | तेह्रथुम

- चरन अभाव र चिसोका कारण तेह्रथुमका कृषकले पालेका मौरी धमाधम मर्न थालेका छन् । स्थानीय सेरेना जातका मौरी पालेर जीविकोपार्जन गरिरहेका कृषक मौरी मर्न थालेपछि चिन्तित बनेका छन् । एक महिना यता तेह्रथुमका मेन्छ्यायाम, फेदाप, छथर र आठराई गाउँपालिका तथा लालीगुराँस नगरपालिकाका कृषकले पालेका मौरी घार भित्रै मरिरहेको कृषकको भनाई छ ।

अत्यधिक चिसो र तुसारोका कारण मौरीहरु घार भित्रै मर्न थालेको छथर गाउँपालिका ५ ओख्रेका मौरी पालक कृषक नोचन्द्र पौडेलले बताए । तेह्रथुमका कृषकले सेरेना जातका मौरी ५ हजार घार भन्दा वढी पालेको कृषि ज्ञानकेन्द्र सम्पर्क कार्यालय तेह्रथुमले जनाएको छ ।

किसानले फुल फुलेको समयमा बालीमा जीवनाषक विषादी प्रयोग गर्ने र विषादी छरीएको फुलमा मौरी चर्न गएर बस्दा बिषादीको अबशेष घारमा समेत ल्याउने भएकाले सवै मौरी मर्ने गरेको मौरी विकास केन्द्र गोदावरीका प्रमुख समेत रहेका बरिष्ठ मौरी विज्ञ तीर्थकुमार श्रेष्ठले बताउनुभयो । 

 


प्रतिक्रिया