ट्रकको ठक्करले पैदलयात्रुको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

असार २६, २०७६ | चितवन

- पुर्व पश्चिम महेन्द्रराजमार्ग अर्न्तगत चितवनको भण्डाराहर्दिमा गएराति ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।  नारायणगढबाट पुर्व जाँदै गरेको ना ५ ख ७२९३ नम्बरको ट्रकले ठक्कर दिँदा रौतहट चन्द्रपुर नगरपालिका–८ का दुख माझीको मृत्यु भएको हो । सोही स्थानका ४५ वर्षका गोविन्द माझी घाइते भएका थिए ।

दुख माझीको उपचारको क्रममा भरतपुर अस्पतालमा गएराति मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी एकनारायण कोइरालाले जानकारी दिनुभयो । घाइते गोविन्द माझीको भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ट्रकका चालक फरार छन् ।

 

 


प्रतिक्रिया