सुत्केरीको मृत्यु भएपछि गल्छी–त्रिशूली सडक अवरुद्ध

श्रावण १०, २०७६ | नुवाकोट

सुत्केरीको मृत्यु भएको विषयलाई लिएर पीडित पक्षले बेलकोटगढी नगरपालिका ७ महादेव फाँटमा सडक अवरोध गरेका छन् । अस्पतालको लापरकाहीका कारण गोमा वस्तीको मृत्यु भएको भन्दै स्थानीय र आफ्न्तले सडक अवरुद्ध पारेका थिए । 

सोही वडाकी २८ वर्षीया गोमा वस्तीको बिहीबार जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेर हेलिकोप्टरबाट काठमाडौं शिक्षण अस्पताल पठाइएको र त्यहाँका चिकित्सकले मृत्यु भएको बिरामी ल्याएको भनेपछि मृतकका आफ्न्त र छिमेकी आक्रोशित भए । आक्रोशित पीडित पक्षले गल्छी–त्रिशूली सडक अवरुद्ध पारेका थिए । 

त्यहाँका स्थानीयले गोमा वस्तीको परिवारलाई न्याय दिनपर्ने भन्दै सडक अवरोध गरेको एक स्थानीयले बताए । महादेव फाँटमा सवा २ सय सवारी साधन रोकिएका छन् । मृतकका श्रीमान युवराज वस्तीले सुत्केरी गराउन गोमालाई बुधबार जिल्ला अस्पताल त्रिशूली ल्याएका थिए । बिहीबार बिहान छोरा जन्मेर बोलि नफुटेपछि त्रिशूली अस्पतालका चिकित्सकले एम्बुलेन्सबाट काठमाडौं पठाएका थिए ।

काठमाडौ नपुग्दै आमाको अवस्था गम्भीर र अत्यधिक रक्तश्रव भएको अस्पतालबाट जानकारी आएपछि उनले रगत खोजी दिन गोमाका श्रीमान युवराजले चिनेका सबैलाई फोनबाट हारगुहार गरे । अस्पतालमा एक सुत्केरीको अत्याधिक रक्तश्रव भएको जानकारी पाएपछि रक्तदान कार्यमा संलग्न विदुर नगरपालिका १ का स्थानीय मच्छिन्द्रनरसिंह प्याकुरेलले चिनेजानको साथीभाई मार्फत रगत जुटाए ।

रगत बग्न नरोकिए पछि प्रहरी प्रशासन सबैले उनको उपचारका लागि एयर एम्बुलेन्स खोज्न भनियो । हेलो सरकारमा गोमाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएर सरकारी हेलिकप्टर पठाउन आग्रह गर्दा नुवाकोट सुगम जिल्ला भएकोले पठाउन नसक्ने जवाफ आएपछि सुत्केरी बचाउन लागेका सहयोगी हातहरु चिन्तित बने । गोमाको स्वास्थ्य अवस्थाको बारेमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, जिल्लाका सांसद लगायतलाई जानकारी गराउदा समेत सुनुवाई नभएको पीडित पक्षको बताए । पछि मात्र पीडित पक्षका सहयोग मार्फत हेलिकोप्टर आयो । 

पीडितको भनाई  : 

पीडित पक्षले त्रिशूली अस्पतालको कमजोरीले बिरामीको मृत्यु हुन गएको आरोप लगाएका छन् । पीडित पक्षले भर्खर जन्मेको बालकको शिक्षा, पालन पोषणको गर्नपर्ने माग रहेको छ । श्रीमतीको मृत्यु भएपछि उनका श्रीमान युवराजले बालकको उचित पालनपोषण सहित शिक्षा दिनुपर्ने र यस्ता घटना अब आइन्दा कसैलाई नदोहोर्‍याउन माग गरेका छन् ।  उनको ८ वर्षको जेठो छोरा घर छ । रोजगारीको लागि १५ वर्षदेखि भारतको दिल्लीमा काम गर्दै आएका थिए । श्रीमती सुत्केरी हुने भएपछि २० दिनको छुट्टी लिएर उनी घर आएका थिए । मृतक गोमाको शव विहिबार राति एम्बुलेन्सबाट त्रिशूली अस्पताल ल्याएर राखिएको छ । पीडित पक्ष, अस्पतालका चिकित्सक तथा कर्मचारी, स्थानीय प्रशासन जिल्ला प्रहरी कार्यलयमा वार्तामा बसेका छन् । 

अस्पतालका चिकित्सको भनाइ :

अस्पतालका चिकित्सकले पीडित पक्षले लगाएको आरोपको खण्डन गरेका छन् । ‘हामीले लापरबाही गरेका छैनौ । यदि कुनै गल्ती गरेको भए सजायँ भोग्न तयार छौ ।’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट चिकित्सक रेमकुमार राईले भन्नुभयो, ‘स्रोत साधन र जनशक्तिले भ्याएसम्म काम गर्‍यौ । उनको उपचारका लागि कुनै कसर बाँकी राखेका छैनौ ।’ 

निमित्त मेडिकल सुपरिटेण्डेन्ट चिकित्सक राईले सुत्केरीको पाठेघर खुम्चिने कार्य (पीपीएच) नरोकिएको, रगत र प्रेसरको कमी भएकाबताउनुभयो । सुत्केरीको रक्तश्रव रोक्न ७/८ पोका रगत दिएको बताउनुभयो । सकेसम्म बिरामी बचाउन लागेको बताउँदै चिकित्सक राईले भन्नुभयो, ‘यही सुत्केरीको मृत्यु भएको होइन् । पीपीएच भएपछि एयर एम्बुलेन्समा पठाए छौ ।’ जिल्ला अस्पताल त्रिशूलीमा रसुवा, धादिङ र नुवाकोटका गरी मासिक सुत्केरी हुन आउनेको संख्या १ सय ६० देखि २ सय जना रहेको अस्पतालले जनाएको छ । 

३ बुँदे सहमति पछि खुल्यो गल्छी–त्रिशूली सडक 

http://bit.ly/2OlIHvL


प्रतिक्रिया