निलो बर्दीमा दाग लगाए त्यो सैह्य हुन्न : आईजीपी खनालका

मंसिर २७, २०७६ | काठमाडौं

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी पेसा मात्र नभएर सेवा पनि भएको बताउनुभएको छ । काठमाडौको महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम ब्याच नम्बर १७९ को दिक्षान्त समारोहलाई सम्बोधन गर्दै खनालले यस्तो बताउनु भएको हो । 

उहाँले भन्नुभयो, ‘राष्ट्रले सुम्पिएका जुनसुकै जिम्मेवारीलाई प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको छ । यस्तो गौरवमय संगठनको सदस्य हुन पाउनु आफैमा सम्मानको विषय हो । ‘निलो बर्दीमा दाग लगाए त्यो सैह्य हुन्न ।’

मातृभूमिको माटो छोएर लिएको सपथ अनैतिक कार्य गर्ने र गैरव्यवसाय आचरणविरुद्ध उभिने आत्मविश्वास बनाउनुपर्ने आईजीपी खनालको भनाइ थियो । प्रहरीको इतिहास अध्ययन गरेर आगामी दिनमा अघि बढ्न समेत तालिम सकेर कार्यस्थल जान लागेका प्रहरी निरीक्षकहरूलाई आईजीपी खनालले निर्देशन दिनुभयो ।

यसैबीच, १८ महिने लामो तालिम सकेर ९१ जना प्रहरी निरिक्षक ‘पास आउट’ भएका छन् । तालिममा किरण राउत प्रथम, अनिल थापा द्वितीय र सुवास खतिवडा तेस्रो भएका छन् । 


प्रतिक्रिया