सरकारले लोकतान्त्रिक बाटो बिरायो : सभापति देउवा
पुस १२, २०७६ | धनुषा
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले लोकतान्त्रिक बाटो बिराएको आरोप लगाउनु भएको छ । धनुषाको आज आयोजित एक कार्यक्रममा सभापति देउवाले सरकारी निकायलाई पार्टीकरण गर्न वर्तमार सरकार तल्लीन रहेको आरोप लगाउनु भयो ।
‘शाही कालमा जस्तै अहिले सरकारले सरकारी संस्थालाई नियन्त्रण गर्दैछ,’ उहाँले भन्नुभयो, ‘सरकारी निकाय पार्टीकरण भइरहेका छन् ।’
पूर्व प्रधानमन्त्री समेत रहेको सभापति देउवाले कांग्रेसभित्र एकताको विकल्प नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसभित्र एकताको विकल्प छैन । हामी मिलेपछि कुनै शक्तिले कांग्रेसलाई हल्लाउन सक्दैन ।’ कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले ओली सरकारले नेपाललाई कम्युनिष्टिकरण गर्न खोजेको आरोप लगाउनुभयो । निधिले भन्नुभयो, ‘ओली सरकारले मुलुकलाई कम्युनिस्टिकरण गर्न खोज्दैछ ।’