पिसिआर विधि नै शतप्रतिशत विश्वसनीय: विज्ञ

वैशाख ३, २०७७ | धरान

– धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माइक्रोबायोलोजी विभागका प्रमुख धिरेन्द्र लिम्बुले आरडीटी प्रविधि भन्दा पिसिआर विधिबाट मात्र शत प्रतिशत रिपोर्ट आउने बताउनुभयो । आरडीटी एक प्रकारको स्क्रिनिङ मात्र रहेकाले सतप्रतिशत नहुने उहाँको भनाई थियो । 

आरडीटीबाट तत्कालका लागि संक्रमितमा कोरोना छ/छैन भन्ने विषयमा सामान्य जानकारी मात्र पाउन सकिने उहाँको भनाई छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका माइक्रोबायोलोजी विभागका एडिसनल प्राध्यापक डाक्टर नारायण भट्टराईले महामारीको रूपमा फैलिएको कोरोना राइबोन्यूक्लिक एसिड आरएनए जेनेटिक भएको भाइरस भएको बताउनुभयो । 

उहाँका अनुसार रियल टाइम पिसिआरले शरीरमा सानो भन्दा सानो अंशमा कोरोना भाइरस रहेको अवस्थामा पनि पत्ता लगाउँछ ।


प्रतिक्रिया