२१ को बयान सकियो, २ पूर्पक्षमा

असार ३, २०७७ | रुकुम पश्चिम

– रुकुम पश्चिमको चौरजहारीस्थित सोती घटनामा संलग्न भएको अभियोग लागेका २१ जनाको बयान सकिएको छ । तीन दिनमा उनीहरुको बयान सकिएको हो । बाँकी ८ जनाको बयान सकिएपछि थुनछेक बहस सुरु हुने जल्ला अदालतको श्रेष्तेदार कृतबहादुर बोहराले बताउनुभयो । घटनामा संलग्न भएको आरोपमा ३४ जना विरुद्ध जिल्ला अदालतमा अभियोग दर्ता भएको छ । 

जसमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । ५ जना फरार छन् । ३४ मध्ये १ जनालाई मतियार र बाँकीलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातिय छुवाछुत सम्बन्धिको अभियोग लागेको छ । गत जेठ १० गते चौरजहारी नगरपालिका–८, को सोती गाउँमा जाजरकोटबाट आएका युवाहरुमाथी गाउँलेले कुटपिट गरेका थिए । कुटपिटबाट जाजरकोटका ५ र रुकुम पश्चिमका १ जनाको मृत्यु भएको थियो । 


प्रतिक्रिया