नेपालगञ्जमा चिकित्सकसहित ५० स्वास्थ्यकर्मी आईसोलसन र क्वारेन्टाईनमा

श्रावण ३१, २०७७ | नेपालगञ्ज

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा कोरोना संक्रमितको उपचारमा संलग्न १६ जना स्वास्थ्यकर्मी आईसोलेसनमा बसेका छन् । उनीहरुको सम्पर्कमा रहेका ३४ जनालाई क्वारेन्टीनमा राखिएको छ ।

आईसोलेसनमा रहेका मध्ये ३ जना चिकित्सक र १३ स्वास्थ्यकर्मी रहेको अस्पतालका सहायक निर्देशक नितेस कनौडियाले बताउनुभयो । उहाँका अनुसार आईसोलेसन र क्वारेन्टाईनमा बसेका चिकित्सक र स्वास्थ्यकर्मीहरुमा समान्य रुघाखोकीको लक्षण देखिएको छ । 

निजीस्तरबाट सन्चालित प्रदेश ५ कै ठुलो अस्पतालमा ५० स्वास्थ्यकर्मीहरु आइसोलेसन र क्वारेन्टिनमा बसेपछि सेवा प्रभावित बनेको छ । अस्पतालको सेवा आलोपालो गरेर सञ्चालन राखिएको अस्पतालले जनाएको छ । 


प्रतिक्रिया