वीपी प्रतिष्ठानमा कोरोना संक्रमित वृद्धको मृत्यु

आश्विन १०, २०७७ | सुनसरी

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । 

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले सप्तरी राजविराज ३ का ६३ वर्षिय वृद्धको आज बिहान मृत्यु भएको बताउनुभयो । मृतक वृद्ध मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना भएपनि ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिन भएपछि असोज ८ गते प्रतिष्ठानको कोभिड अस्पतालमा रिफर भएका थिए । 

 प्रतिष्ठानमा स्वाव संकलन गरेर पिसिआर परीक्षण गर्दा उनलाई असोज ८ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । भेन्टिलेटरमा राखेर उपचारका क्रममा नै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । योसंगै प्रतिष्ठानमा मृत्यु हुने कुल संक्रमितहरुको संख्या ३४ पुगेको छ ।


प्रतिक्रिया