उपत्यकाको फोहोर मंसिर १५ बाट बन्चरे डाँडामा फालिने

कार्तिक २०, २०७७ | नुवाकोट

नुवाकोट र धादिङको सीमा क्षेत्रस्थित बन्चरे डाँडामा निर्माणाधिन स्यानेटरी ल्याण्डफिल साईट आगामी मंसिर दोस्रो साताबाट प्रयोगमा ल्याईने भएको छ । काठमाडौं उपत्यका सहित विभिन्न १८ वटा नगरपालिकाले नुवाकोटको ओखरपौवास्थित सिसडोलमा फालिंदै आएको फोहोरलाई मंसिर दोस्रो सातादेखि बन्चरे डाँडामा बिर्सन गरिने भएको हो । 

मंसिर १५ गतेबाट फोहोर व्यवस्थापन गर्ने गरी काम भईरहेको शहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले बताउनुभयो । फोहोर बिर्सन गर्ने ठाउँको ठेकेदार छनौटको काम समेत सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । 

फोहोर छानेर ८० प्रतिशत पुन: प्रयोग गर्न मिल्ने र २० प्रतिशत प्रयोग गर्न नमिल्ने वस्तुलाई बिसर्जन गर्दा बन्ने डम्पिङ साईटले १ सय वर्ष धान्ने गरी अध्ययन भएको मन्त्रालयका प्रवक्ता दवाडीले बताउनुभयो । सरकारले बन्चरे डाँडा सहित १७ सय रोपनी जग्गा अधिग्रहण गरी डम्पिङ साइट निर्माण गरिरहेको छ । 

सबै लगेर डम्पिङ गर्दा २५/३० वर्षको लागि ती फोहोर बिसर्जन गर्न सहिने उहाँको भनाई छ । सरकारले बन्चरे डाँडा सहित १७ सय रोपनी जग्गा अधिग्रहण गरी डम्पिङ साइट निर्माण गरिरहेको छ । काठमाडौं उपत्यका सहित १८ वटा नगरपालिबाट निस्केका फोहोर नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवाको सिसडोल र धादिङको धुनीबेसी नगरपालिका–३ मा पर्ने सिसडोलमा फालिंदै आएको छ ।

काठमाडौ महानगरपालिकाले २०६२ सालमा ओखरपौवाको सिसडोलमा फोहोर फाल्न थालेको हो । त्यतिबेला काठमाडौं महानगरपालिकाले ओखरपौवा र धादिङको धुनीबेसीका स्थानीयसँग दुई वर्ष अवधिका लागि मात्र सिसडोल क्षेत्रलाई फोहोर फाल्ने सहमति थियो । त्यतिबेला २/३ वर्षको लागि मात्र फोहोर फ्याक्ने सहमति भएको थियो । त्यतिबेला दैनिक ३ सय टन फोहोर फालिने गरेकोमा अहिले दैनिक ८/९ टन फोहोर सिसडोलमा बिर्सन हुने गरेको छ । 

सिसडोल काठमाडौदेखि १७ किलोमिटर दूरीमा छ । सिसडोलको अधिकांश क्षेत्र नुवाकोटमा पर्छ । महानगरले सिसडोल भन्दा २ किमी पर बन्चरे डाँडामा दक्षिण एसियाको आधुनिक फोहोर बिसर्जन गर्ने डम्पिङ साइट निर्माण गरिरहेको छ । २/३ दिन टेकु संकलन केन्द्रमा फोहोर सडाएर सिसडोलमा फोहोर व्यवस्थापन गर्न ल्याउने गरिएको छ । 

गत असोजमै ल्याण्डफिल साईटको पहिलो फेजको निर्माणको काम सकेर कार्तिकबाट फोहर बिसर्जन गर्ने भनिए पनि कोभिड संक्रमणले ढिलाई भएको मन्त्रालयले जनाएको छ । फोहर व्यवस्थापनका लागि दीर्घकालिन योजनासहित सरकारले स्यानेटरी ल्याण्डफिल साईट बनाइरहेको छ । फोहोर व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण तीब्र गतिमा भईरहेको मन्त्रालयले जनाएको छ । 

पहिलो फेजका लागि ३४ करोड रुपैयाँको ठेक्कामा सप्तकोशी कम्पनीले डम्पिङ साइट निर्माण गरिरहेको छ । सिसडोलमा फालिने फोहोरको दुर्गन्धले चलेटार, न्यौपाने टोल, कोल्पुटार, मगटापाचमुरे, कागती गाउँ, सिउडेनी, थापा टोल, गौतम टोल, खोलाखेत, ऐसेलुसिम धादिङको साविक छत्रे देउराली ६ को थुम्का, कार्की गाउँ, साना गाउँ, गैह्री गाउँ, सिम्खडा गाउँ, डिगाउँ, उप्रेतीगाउँ लगायत प्रभावित बन्दै आएका छन् । 


प्रतिक्रिया