कोरोना संक्रमितका लागि प्रहरीको छुट्टै आइसोलेसन कक्ष

कार्तिक २५, २०७७ | रोल्पा

कोरोना सक्रमितलाई उपचारको लागि रोल्पा प्रहरीले १० शय्याको आइसोलेसन कक्ष निर्माण गरेको छ । जिल्लाका अधिकांश प्रहरीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालयमै आइसोलेलन कक्षा निर्माण गरेको हो । 

प्रहरी नायब उपरीक्षक नरेश सुवेदीले नयाँ भवनका केही कोठाहरुमा आइसोलेसन कक्ष तयार पारिएको बताउनुभयो । 

उहाँका अनुसार सुलीचौरस्थित इलाका प्रहरी कार्यालयमा ड्युटीमै खटिएका प्रहरीमा कोरोना संक्रमण देखिएपछि सचेतता अपनाइएको हो । त्यहाँ एक साताअघि प्रहरी र थुनुवामा संक्रमण देखिएको थियो । 


प्रतिक्रिया