हुम्लामा हिमपात शुरु, जाडो बढेपछि तापक्रम माईनस ८ डिग्री

मंसिर १, २०७७

हुम्लामा हिमपात सुरू भएपछि चिसो अत्याधिक बढेको छ । कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा लगायतका जिल्लाहरुमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । 

हिमपात हुँदा हुम्ला लगायतका हिमाली जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । हुम्लाको उतरी नाम्खा गाउपालिकाका प्राय बस्तिहरुमा एक फिट भन्दाबढी हिउ जमेको स्थानीयले बताएका छन । सदरमुकाम सिमकोटमा २ ईन्च हिउ जम्दा सिमकोटमा तापक्रम माइनस ८ डिग्रीमा झरेको छ । 

हिमपातले हुम्लाको सिमकोट लगायतका हिमाली जिल्लामा रहेको हवाई सेवा समेत बन्द भएको छ । लामो समय देखि बर्षा नहुँदा समस्यामा परेका कृषक भने हिमपातले हर्षित भएका छन् । प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र पानी परिरहेकाले सतर्क रहन आग्रह समेत गर्नु भएको छ । 


प्रतिक्रिया