दोभान आगलागीमा ४० करोड ५ लाख ७४ हजार बढीको क्षति
फाल्गुन २०, २०७७ | ताप्लेजुङ
ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ खाम्लुङको दोभान बजारमा मंगलवार विहान भएको आगलागीमा ४० करोड ५ लाख ७४ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
मेरिङदेन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्वरबहादुर आङदेम्वेको संयोजकत्वमा गठित समितिले आज विहान सार्वजनिक गरेको विवरणमा ५० वटा घर पूर्ण रुपमा जलेको र ती घरमा बस्ने घरधनी र डेरावाल सहित ६३ परिवार बिस्थापित भएको उल्लेख छ । आगलागीबाट १ करोड ६० लाख रुपैयाँ नगद जलेको पाइएको आङदेम्वेले बताउनुभयो ।
आगलागीबाट मेरिङदेन गाउँपालिका, नेपाल टेलिकम, विद्युत प्राधिकरण लगायत सरकारी कार्यालयको १ करोड २२ लाख ५० हजार रुपैंया बराबरको क्षति भएको छ । ग्लोबल आइएमई बैंक र दोभान मनी ट्रान्सफरमा पनि आगलागीबाट क्षति पुगेको छ ।