आजका मुख्य समाचारः २०८१ फागुन २१, साँझ ०६ः३० बजे

फाल्गुन २१, २०८१

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाबाट ५ वटा अध्यादेश स्वीकृत, राष्ट्रिय सभामा भोलि प्रस्तुत गर्ने तयारी

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउन खोजिएको प्रतिपक्षी दलको आरोप, जवाफ दिन सरकारलाई सभामुख घिमिरेको रुलिङ

राजावादी शक्ति राप्रपा र राजतन्त्र समर्थकद्वारा काठमाडौंमा व्यापक प्रदर्शन, पूर्व राजा शाह भने धार्मिक कार्यक्रममा व्यस्त

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्ताका लागि तयार भएको पत्र पठाएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ, ओभल अफिसको तनावपछि सम्बन्धमा सुधार आएको सङ्केत

दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि फेरि पनि अयोग्य घोषित, राष्ट्रिय रङ्गशालाको प्रयोगबारे एन्फा र राखेपबीचको विवाद भने अझै हटेन


प्रतिक्रिया