अमेरिका–युक्रेनबीच चिसिएको सम्बन्धमा सुधारकोे सङ्केत

फाल्गुन २१, २०८१ | काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबाट वार्ताको टेबलमा आउन सहमत भएको पत्र पाएको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले वासिङ्टनमा कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै ट्रम्पले जेलेन्स्कीको पत्रको स्वागत गर्नुभएको छ ।

 राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत् ट्रम्पको नेतृत्वमा स्थायी शान्ति प्राप्त गर्न आफू काम गर्न तयार भएको उल्लेख गरेपछि राष्ट्रपति ट्रम्पको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा यस्तो प्रतिक्रिया आएको हो । 

यो विकसित घटनाक्रमले गत साता ह्वाइटहाउसको ओभल अफिसमा भएको दुई राष्ट्रप्रमुखको चर्काचर्कीपछि चिसिएको सम्बन्धमा केही सुधार आएको देखिएको छ । 


प्रतिक्रिया