नपढाएको बेलाको समेत शुल्क लिएको भन्दै सुनसरीमा विद्यार्थी आन्दोलित

चैत्र ६, २०७७ | काठमाडौं

कोरोनाको विश्वव्यापी महामारीको समयमा पनि शुल्क लिएको भन्दै सुनसरीमा निजी कलेजमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित बनेका छन् । कोरोना भाइरस संक्रमण अवधिमा पनि कलेज प्रशासनले जबर्जस्ती शुल्क असुल गर्न खोजेको भन्दै त्यसको बिरोधमा इटहरी स्थित आधा दर्जन ठुला कलेजका २ हजार विद्यार्थीहरु आन्दोलित भएका हुन् । 

उपमहानगरपालिकाले कोरोना कालको रकम नलिन निजी कलेजलाई प्रत्राचार गरेको दाबी गरेपनि कलेजले त्यसको उल्लंघन गर्दै चर्को शुल्क असुलेको विद्यार्थीको आरोप छ । कलेज प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले इटहरीको मुख्यचोकमा सडक अवरुद्ध पारेका छन् । विद्यार्थीहरूले नपढाएको बेलाको शुल्क नलिने घोषणा नगरेसम्म्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएका छन् ।  


प्रतिक्रिया