बुटवलको कोरोना अस्पतालमा ४ संक्रमितको मृत्यु

फाइल तस्बिर 

वैशाख २२, २०७८ | तिलोत्तमा

रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कञ्चन गाउँपालिका–४ की २७ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । 

बैशाख १९ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएकी उनको बुधबार बिहान ५ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनुभयो । 

उहाँका अनुसार १८ गते भर्ना भएका बुटवल उपमहानगरपालिका–९ की ५४ वर्षीया महिला र २१ गते अस्पताल भर्ना भएकी तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । 

१५ गते भर्ना भएका बुटवल–१२ का ४७ वर्षीय पुरुषको गएराति १० बजे मृत्यु भएको हो । उनीहरुलाई श्वासप्रश्वासमा समस्या रहेको थियो । 


प्रतिक्रिया