बैतडीमा कोरोना संक्रमणबाट एकको मृत्यु

वैशाख २२, २०७८ | बैतडी

कोरोना भाइरसको संक्रमणबाट बैतडीमा एक जनाको मृत्यु भएको छ । संक्रमणबाट पाटन नगरपालिका–१ का ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि उनी विगत १२ दिनदेखि होम आइसोलेशनमा बस्दै आएका थिए । 

स्वास्थ्यमा समस्या आएपछि मंगलबार साँझ उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा गएराति १:४० बजे उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । 


प्रतिक्रिया