कपिलवस्तुमा झाडापखाला अझै नियन्त्रणमा आउन सकेन

फाइल फोटो 

आश्विन ३१, २०७८ | कपिलवस्तु

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । बहादुरगञ्जस्थित शिवराज अस्पतालमा उपचारका लागि दैनिक १५ जना बिरामी आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. महेश चौधरीले बताउनुभयो । 

अस्पतालमा अहिलेसम्म १९ जना बिरामी उपचाररत छन् । उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या ८ सय ७४ पुगेको छ । सिकिस्त भएका ४१ जनालाई अन्य स्वास्थ्य संस्थामा रेफर गरिएको डा. चौधरीले बताउनुभयो । 

प्रकोपबाट २ बालक, १ बालिका र एक ३५ वर्षीय पुरुष गरी चार जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । यसैबीच, झाडापखला फैलिनुको यकिन कारण अझै पत्ता लागेको छैन । 

बिरामीको दिशाको नमूना परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै रिपोर्ट सार्वजनिक गरेको छैन । सो नमूना अघिल्लो शुक्रबार प्रयोगशालामा ल्याइएको हो । 


प्रतिक्रिया