समावेशीतालाई थप सुदृढ गर्ने गरी संविधान संशोधन गृहमन्त्री लेखकको भनाई

पुस ९, २०८१

गृहमन्त्री रमेश लेखकले समावेशीतालाई थप सुदृढ गर्ने गरी संविधान संशोधन गरिने बताउनुभएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सबै दलहरुसँग सहमति जुटाएर समयसापेक्ष रुपमा संविधान संशोधन गर्ने उल्लेख गर्नुभयो । सरकारले संविधान संशोधन गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको उहाँको भनाई थियो ।

संविधान संशोधनको लागि आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लै कार्यदल बनाउन लागेको पनि बताउनुभयो । 


प्रतिक्रिया