२२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

पुस ९, २०८१

मोरङको जहदामा मर्निङवाकमा गएकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । आज बिहान विराटनगर महानगरपालिका नजिकै उक्त घटना भएको प्रहरीले जनाएको छ । युवतीलाई बाँसको झ्याङमा लगेर हातखुट्टा बाँधी मुखमा पट्टी लगाएर सामूहिक बलात्कार गरिएको पीडितको बयानलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

अर्धचेत अवस्थामा भेटिएकी उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी बेदप्रकाश जोशीका अनुसार प्रारम्भिक अनुसन्धानले युवतीमाथि सामूहिक बलात्कार भएको पुष्टि भएको छ । जोशीले घटनाको अनुसन्धान सुरू भएको जानकारी दिनुभयो । 


प्रतिक्रिया