मन्त्रीलाई ४ र सचिवलाई ५ दिन हेटौंडामै बस्न मुख्यमन्त्रीको निर्देशन

पुस ९, २०८१

वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफ्नो मन्त्रिपरिषदमा रहेका मन्त्रीहरुलाई चार दिन हेटौंडामै बस्न निर्देशन दिनुभएको छ । सरकारको नीति तथा कार्यत्रम र बजेट पूर्णरुपमा कार्यान्वयन नहुँदा विकास निर्माणले गति लिन नसकेपछि मुख्यमन्त्रीले प्रदेशको राजधानी हेटौंडामै रहेर कार्यसम्पादन गर्न निर्देशन दिनुभएको हो । 

आर्थिक वर्ष २०८१, ०८२ को पछिल्लो महिनाको प्रगति समिक्षाका क्रममा उहाँले मन्त्रालयका सचिवहरुलाई पनि हप्ताको ५ दिन कम्तिमा हेटौंडामा रहेर कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बजेट खर्च बढाउनका लागि योजना सम्पन्न गर्न निर्देशन भएको बताउनुभयो । 

पछिल्लो समय मन्त्रीहरु विभिन्न कार्यक्रमको उद्घाटन र आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत भएर राजनीतिक गतिविधिमा मात्र संलग्न हुन थालेपछि प्रदेश सरकारको आलोचना भइरहेको छ । 


प्रतिक्रिया