रौतहटमा जिप दुर्घटना हुँदा चारको मृत्यु, ३ घाइते
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2021/third-party/Accident1-1640691213.jpg&w=700&height=600)
पुस १३, २०७८ | रौतहट
रौतहटको गरुडा नगरपालिका–१ स्थित जयनगर सडकखण्डमा मंगलबार भारतीय नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
मृतकको सनाखत हुन सकेको छैन । गौरबाट गरुडातर्फ जाँदै गरेको बीआर ०५ पीए ६९५३ भारतीय नम्बर प्लेटको जिप सडकबाट झण्डै २० फिट तल खस्दा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी सुनील मल्लका अनुसार गाडीमा सवार ७ मध्ये चार जनाको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरु भारतीय भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
तीब्र गतिमा रहेको सो जिप अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जनाएको छ । घाईते ३ जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । घट्नाको विस्तृत बिवरण आउन बाँकी छ ।