लुम्बिनी प्रदेशबाट ६ जनाको उम्मेदवारी

पुस २०, २०७८ | दाङ

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ दलका तर्फबाट तीन र नेकपा एमालेको तर्फबाट तीन जना उम्मेदवारले आज घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । 

सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादी पार्टीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो) को तर्फबाट रुपन्देहीका तुलबहादुर विश्वकर्माले मनोनयन दर्ता गरेका छन् । 

एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनारले मनोनयन दर्ता गराएका छन् । माघ १२ गते हुने निर्वाचनमा सत्तारुढ र प्रतिपक्षीबीच प्रतिस्पर्धा हुँदैछ । 


प्रतिक्रिया