युईएफए महिला च्याम्पियन लिगमा बार्सिलोनाको जित

मंसिर ७, २०८१ | काठमाडौं

युइउफए महिला च्याम्पियन लिगमा बार्सिलोनाले एसटी पोल्टेनमाथि ४–१ को फराकिलो जित निकालेको छ ।

जेनेरली एरिना स्टेडियममा गएराती भएको खेलमा बार्सिलोनाले पहिलो हाफको २०, २९ र ३१ औं मिनेटमा ३ गोलको अग्रता लिएको थियो ।

त्यसपछि भने बार्सिलोनाले खेलको ५७औं मिनेटमा थप एक गोल गर्दा पोल्टेनले ५९ औं मिनेटमा सान्तवना स्वरुप एक गोल गोल गरेको हो ।

 बार्सिलोनाको जितमा किका नाजारेथले २, भिक्की लोपेज र एलेक्जिया पुटेलासले समान एक÷एक गोल गरे । 

पोल्टेनका लागि भने भ्यालेन्टिना मदलले एक गोल गरिन् । यो जितसंगै बार्सिलोना ९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

समूह डी अन्तर्गत बार्सिलाना ४ खेलमा तीनमा जित र एकमा हार बेहोरेको छ ।

यस्तै जारी प्रतियोगितामा पोल्टेन भने चारै खेलमा पराजित भएको छ । यस्तै अन्य खेलमा जुभेन्टस आर्सेनल डब्लु एफसीसंग एक शुन्य गोलअन्तरले पराजित भएको छ । 


प्रतिक्रिया