अपहरित दाजुबहिनीको झापाबाट सकुशल उद्धार

फाल्गुन ६, २०७८ | रुपन्देही

अपहरणमा परेका रूपन्देहीको सैनामैना नगरपालिका–६ दुधराक्षका एकै घरका दुई दाजुबहिनीको प्रहरीले झापाको बिर्तामोडबाट सकुशल उद्धार गरेको छ । अपहरणकारी दाजुबहिनीको फुपाजु नाता पर्ने स्थानीय खेम पौडेल क्षेत्रीले बसमा राखेर कांकडभित्ता तर्फ लैजाँदै गरेको अवस्थामा सकुशल उद्धार गरिएको रूपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले बताउनु भयो । 

दुबै बालबालिकाको उद्धार गरी अपहरणकारीलाई पक्राउ गरी रूपन्देही ल्याउन लागिएको उहाँले जानकारी दिनु भएको छ । विस्तृत विवरण पछि जानकारी हुने प्रहरीले जनाएको छ । बालबालिकालाई अपहरणकारीले कांकडभित्ता नाका हुँदै भारत तर्फ लैजान खोजेको आशंका प्रहरीको छ । स्थानीय प्रभात बोर्डिङ स्कुलमा अध्ययनरत १२ वर्षिय प्रसिद्ध दाहाल र ९ वर्षीया प्रसन्ना दाहाल हिजो विहान साढे ९ बजेदेखि बेपत्ता भएका थिए । 


प्रतिक्रिया