भारतको सहयोगमा एकजना नेपालीको उद्धार

फाल्गुन २३, २०७८

भारत सरकारको सहयोगमा युक्रेनमा अध्ययनरत एकजना नेपालीको उद्धार गरिएको छ । युक्रेनबाट नेपाली विद्यार्थी रोशन झालाई दिल्ली स्थित नेपाली दूतावासको आग्रहमा भारतले ‘एयर लिफ्ट’ गरेर दिल्ली पुर्‍याएको हाम्रा संवाददताले जनाएका छन् । 

महोत्तरी बिजलपुरका झा युक्रेनको खार्किभस्थित खार्किब नेसनल मेडिकल युनिभर्सिटीमा एमबीबीएसको तेस्रो वर्षमा अध्ययनरत थिए । युद्धको प्रारम्भमै रुसले खार्किब शहरलाई निशाना बनाएको थियो । दिल्ली पुगेका झालाई दिल्लस्थित नेपाली दूतावासले उनको घर महोत्तरी पठाउने व्यवस्था गरेको छ । 


प्रतिक्रिया