लाखौं असुलेर फरार

चैत्र १९, २०७८
शिक्षक सेवा आयोगको परीक्षामा पास गराइदिने भन्दै परीक्षार्थीबाट लाखौं रकम असुल्ने एक युवक फरार भएका छन् । कालीकोट गेला निवासी जगत शाहीले आयोगका पदाधिकारी र कर्मचारीसंग सेटिंग मिलाएको भन्दै परीक्षार्थीबाट ६० लाख बढी रकम असुलेर फरार भएका हुन् । यही चैत्र १५ गतेबाट सुरु भएको आयोगको परीक्षामा पास गरिदिने भन्दै प्रतिव्यक्ति २ लाखका दरले रकम उठाएर पश्नपत्र सहित उत्तर लेखेर पठाइ दिने शर्तमा उनले पैसा उठाएका थिए ।
कालिका माध्यमिक विद्यालयका शिक्षक खेमराज शाहीले परीक्षार्थीहरुबाट दुई लाख रकम असुलेर फरार भएको बताउनुभयो । कालिकोटकै विजय शाहीले परीक्षामा साप गराइदिने भन्दै २ लाख रुपैयाँ दिएको बताउनुभयो । गैरकानुनी रुपमा रकम असुल्ने जगत र उनका सहयोगी मनराज शाहीलाई प्रहरीले खोजी गरिरहेको छ । उनीहरुले कालिकोट, दैलेख, जुम्ला, हुम्ला र सुर्खेत लगायतका परीक्षार्थीबाट २ लाखको दरले रकम अशुलेको खुलेको हो । सुर्खेतका जिल्ला प्रहरीका कार्यालयका प्रमुख पदम विष्टले प्रशिक्षार्थीहरुको गुनासो आएकाले अनुसन्धान भइरहेको बताउनुभयो ।