मनाङमा उपाध्यक्षसहित ६१ पदमा निर्विरोध

वैशाख १७, २०७९

हिमाली जिल्ला मनाङको ४ वटा गाउापालिकाका ६१ पदमा निर्विरोध भएको छ । चामे गाउापालिकामा १२ जना निर्विरोध भएका छन् । ५ वडा रहेको चामेमा वडा नं. १ मा एमाले अध्यक्ष र वडा नं. २ मा कांग्रेस वडाअध्यक्ष निर्विरोध भएका छन् । पालिकाभरी एमाले र कांग्रेसका ५/५ जना सदस्य निर्विरोध भएका छन् । 

यसमा वडा नं १ र २ को सिंगो टीम निर्विरोध भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताउनु भयो । उहाँका अनुसार नासों गाउापालिकामा १८ जना निर्विरोध भएका छन् । मनाङ ङिस्याङ गाउापालिकामा १३ जना निर्विरोध भएका छन् । स्वतन्त्रका २ वडाअध्यक्ष निर्विरोध भएका छन् । वडा नं. ९ मा स्वतन्त्रको सिंगो टीम नै निर्विरोध भएका छन् । मनाङ ङिस्याङमा १, २, ७ र ८ मा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन । नार्पाभूमि गाउापालिकामा १८ जना निर्विरोध भएका छन् । एमालेबाट गाउापालिका उपाध्यक्षमा १ जना निर्विरोध भएका छन् । 


प्रतिक्रिया